राहत कोषमा १८ अर्ब ४७ करोड रुपैयाँ

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर २, बुधबार १४:५७

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग संकलन भइरहेको छ ।

कार्यालयले दिएको जानकारी अनुसार बुधबार बिहान ९ बजेसम्म कोषका विभिन्न खातामा गरी कुल १८ अर्ब ४७ करोड ८ लाख ७२ हजार ३९५ रुपैयाँ मौज्दात पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष अन्तर्गतका विभिन्न ९ वटा वाणिज्य बैंकहरूमा १३ अर्ब ७३ करोड ६ लाख ७७ हजार ४३० रुपैयाँ नगद मौज्दात रहेको छ । यसका साथै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खाताहरूमा ३ करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.