
काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो भएको हो ।
शुक्रबार एकैपटक तोलामा २ हजार रूपैयाँ बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढेर १ लाख ६४ हजार ४ सय रूपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् बिहीबार १ लाख ६२ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीमा प्रतितोला ३० रूपैयाँ मूल्य बढेको हो । शुक्रबार १ हजार ९ सय ८० रूपैयाँ तोलामा कारोबार भइरहेको छ । बिहीबार मूल्य १ हजार ९ सय ५० रूपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा परेको हो। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुनको मूल्य बढिरहेको छ ।



















