रास्वपाको गतिविधिप्रति सहकारीपीडितको आपत्ति

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ७, बुधबार ११:५२

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गतिविधिप्रति सहकारीपीडितले आपत्ति जनाएका छन् । पार्टीका नेता कार्यकर्ताले मुद्दाको अनुसन्धान प्रभावित पार्न अनेक हर्कत देखाइरहेको गुनासो उनीहरुको छ ।

रास्वपाका नेता तथ कार्यकर्ताहरुले घरघरमा पुगेर मुद्दालाई प्रभावित पार्न खोजेको गुनासो पीडितको छ । सूर्यदर्शन सहकारीका पीडितहरूले रास्वपाका नेता र कार्यकर्ताहरूले घरघर पुगेर पीडितहरूलाई धम्क्याउने र प्रभावित पार्ने प्रयत्न गरेको भन्दै आपत्ति जनाएका हुन् ।

सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखराले एक विज्ञप्ति जारी गर्दै रास्वपाका नेता र कार्यकर्ताहरुले घरघरमा पुगेर पीडित बचतकर्तालाई भड्काउने काम गरेको आरोप लगाएको छ ।

समितिले रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि उक्त पार्टीका नेता र कार्यकर्ताहरुले पोखराको शान्त वातावरण बिथोल्ने गरी पीडित बचतकर्ताविरुद्ध नाराबाजी गरिरहेको आरोप समेत लगाएको छ । यस्ता हर्कत तत्काल बन्द गर्न र निष्पक्ष अनुसन्धानलाई प्रभाविन पार्ने गतिविधि रोक्न समितिले माग गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.