यस्तो छ आजको विनिमय दर, अमेरिकी डलर र युरोको भाउ बढ्यो

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २४, शनिबार ०७:४०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

अमेरिकी डलर र युरोको भाउ शुक्रबारको तुलनामा शनिबार बढेको छ । शुक्रबार खरिद दर एक अमेरिकी डलरको एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्री दर एक सय ३५ रुपैयाँ ३० पैसा रहेको थियो ।

शनिबारका लागि यस मुद्राको खरिद दर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्री दर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । यसैगरी, शनिबारका लागि युरो (युरोपियन युरो) एकको खरिद दर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्री दर एक सय ४६ रुपैयाँ ७ पैसा कायम भएको छ ।

शुक्रबारका लागि यस मुद्राको खरिद दर एकको एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्री दर एक सय ४५ रुपैयाँ ५९ पैसा कायम रहेको थियो । त्यस्तै, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिद दर एक सय ७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५४ पैसा रहेको छ । स्विस फ्र्याङ्क एकको खरिद दर एक सय ५४ रुपैयाँ ७८ पैसा र बिक्री दर एक सय ५५ रुपैयाँ ४७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ २ पैसा र बिक्री दर ९७ रुपैयाँ ४५ पैसा रहेको छ ।

बैंकका अनुसार सिंगापुर डलर एकको खरिद दर एक सय एक रुपैयाँ ९८ पैसा र बिक्री दर एक सय दुई रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिद दर आठ रुपैयाँ ८५ पैसा र बिक्री दर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ८० पैसा र बिक्री दर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ९५ पैसा र बिक्री दर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिद दर तीन रुपैयाँ ९६ पैसा र बिक्री दर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ६८ पैसा र बिक्री दर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिंगेट एकको खरिद दर ३० रुपैयाँ ७४ पैसा र बिक्री दर ३० रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर नौ रुपैयाँ ७२ पैसा र बिक्री दर नौ रुपैयाँ ७६ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ ५७ पैसा र बिक्री दर १२ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ५० पैसा र बिक्री दर १९ रुपैयाँ ५९ पैसा तोकिएक

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिद दर १७ रुपैयाँ ३३ पैसा र बिक्री दर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिद दर चार सय ३९ रुपैयाँ ४२ पैसा र बिक्री दर चार सय ४१ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिद दर तीन सय ५७ रुपैयाँ ३३ पैसा र बिक्री दर तीन सय ५८ रुपैयाँ ९२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र बिक्री दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.