रविलाई बुटवल लगिने, रास्वपाले प्रदर्शन गर्ने

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २७, मंगलबार ०८:२९

काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (मंगलबार) बयानका लागि बुटवल लगिँदै छ ।

सूर्यदर्शन सहकारी ठगीमा जोडिएका लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि कास्कीबाट उनलाई रुपन्देहीको बुटवल लगिने भएको हो ।

पोखराबाट बुद्ध एयरको विमानमार्फत उनलाई बुटवल लैजाने प्रहरीको तयारी छ । लामिछानेको पार्टी रास्वपाले आज पनि प्रदर्शन गर्ने भएको छ । उनी पक्राउ परेयता रास्वपा आन्दोलित छ ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रा.लिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले कात्तिक ८ गते नै लामिछाने, जीबी राईसहित १२ जनालाई पक्राउ गर्न अनुमति दिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.