
काठमाडौं । नेपालमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । छापावाला सुनको मूल्य तोलामै २ हजार २ सय रूपैयाँले घटेको छ ।
सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा ४ सय र मंगलबार २ हजार ४ सय रुपैयाँले घटेको थियो ।
चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोलामा ३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

























