सुनको मूल्य बढ्दा चाँदीको घट्यो

Share this
646shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ३०, शुक्रबार १२:४५

काठमाडौं । सुनको मूल्यमा शुक्रबार सामान्य वृद्धि भएको छ । नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । मूल्य बढेकोसँगै सुन प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँले कारोबार भइरहेको छ ।

सुनको मूल्य बिहीबार दुई हजार दुई सय रूपैयाँले घटेको थियो । प्रतितोला सुन एक लाख ६० हजार रुपैयाँमा कारोबार भएकोमा शुक्रबार एक लाख ६० हजार एक सय पुगेको हो ।

चाँदी मूल्य भने घटेको छ। प्रतितोला ३० रूपैयाँले मूल्य घटेको हो । अहिले चाँदीको मूल्य एक तोलाको एक हजार नौ सय १० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.