जीवन विकास लघुवित्तकाे मुनाफा ९ करोड ९३ लाख

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १, शनिबार ०७:४४

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासमा ९ करोड ९३ लाख ८५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेकाे छ ।

चालु आर्थिक वर्षकाे पहिलाे त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी ४४ करोड ३९ लाख गरेकाे छ ।

संस्थाले सार्वजनिक गरेकाे रिपाेर्ट अनुसार गत वर्षको पहिलो त्रैमासमा संस्थाले १२ करोड ५ लाख नाफा कमाएको थियो । त्यस्तै खुद ब्याज आम्दानी ३८ करोड ४० लाख रुपैयाँ थियो ।  चालु आर्थिक वर्षकाे पहिलाे क्वाटरमा खुद ब्याज आम्दानी बढ्दा खुद मुनाफा घटेकाे छ ।

जीवन विकासको वितरणयोग्य नाफा ६८ करोड ५१ लाख छ । लाभांश वितिरण क्षमता प्रतिसेयर ५०.८५ प्रतिशत छ ।

जीवन विकासको पछिल्लो त्रैमासमा प्रतिसेयर आम्दानी २९.५० रुपैयाँ छ ।

प्रतिसेयर नेटवर्थ २५२.०४ रुपैयाँ पुगेको छ । जीवन विकासको एनपीएल अर्थात खराब कर्जा ४.९१ प्रतिशत छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.