मोरङ चेम्बर अफ कमर्सको अन्तरक्रिया

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १, शनिबार २२:०२

विराटनगर । नेपाल सरकारका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको उपस्थितिमा मोरङ चेम्बर अफ कमर्सले विराटनगरमा अन्तरक्रिया गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सिंहले सहरी विकास र व्यापारका विविध पक्षमा सरकारको दृष्टिकोण र योजनाका बारेमा जानकारी दिएका थिए । मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष यादव पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया, विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकाललगायत सहभागी थिए ।

अन्तरक्रियाका सहभागीहरूले सहरी विकास, व्यापार प्रोत्साहन र भन्सार तथा राजस्व व्यवस्थापनका विषयमा आफ्ना धारणा राख्दै समस्या समाधानका लागि सुझाव पनि दिएका छन् । कार्यक्रममा उठेका विषयहरूलाई सरकारले प्राथमिकतामा राखेर समस्याको समाधान खोज्ने उपप्रधानमन्त्री सिंहले बताए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.