
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ हजार रुपैयाँले बढेको छ । सुन अहिले १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । मूल्य प्रतितोला १५ रुपैयाँले बढेको हो । चाँदी सोमबार १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

























