
विराटनगर । उद्योग संगठन मोरङका पूर्व अध्यक्ष, उद्योगपति महेन्द्र गोल्छाको १५ औं स्मृतिमा विभिन्न कार्यक्रम गरिएको छ ।
संगठनको सचिवालयमा रहेको गोल्छाको अर्धकदको शालिकमा माल्र्यापर्ण गर्नुका साथै पोखरियामा रहेको मानव सेवा आश्रममा खाधान्न तथा भोजन वितरण गरिएको थियो ।
त्यस अवसरमा संगठनका अध्यक्ष राकेश सुरानाले पूर्व अध्यक्ष गोल्छाले उद्योग÷व्यवसाय क्षेत्रको हित, व्यवसायिक एकतामा पु¥याउनु भएको योगदानलाई स्मरण गरे । तत्कालीन समयमा गोल्छाले देखाउनु भएको मार्ग दर्शनकै कारण संगठन अन्तर्राष्ट्रिय स्तरको ‘क्यासी’ अवार्ड जित्न सफल भएको सुरानाले बताए ।
पूर्व अध्यक्ष स्व. गोल्छाका भाइ दिनेश गोल्छाले औद्योगिक विकासका लागि दीर्घकालीन महत्व राख्ने विषय उठान गरी स्व. गोल्छाले संस्थाको गरिममालाई सदैव उच्च राखेको बताए ।
स्व. गोल्छाले उद्योग संगठन मोरङ उद्योगीको मात्र नभई उद्योगमा कार्यरत श्रमिकको समेत रहेको भन्ने भनाइलाई स्मरण गर्दै उक्त भनाइलाई सबैले आत्मसात गर्नुपर्ने धारणा उनले राखे ।
संगठनका पूर्व अध्यक्ष सुयश प्याकुरेलले संगठनले विगतदेखि नै उद्योगी÷व्यवसायीको सामुहिक हितका साथै ंउद्योगको विकास गर्ने साझा उद्देश्य लिएकै कारण अन्तर्राष्ट्रिय स्तरको ‘क्यासी’ पुरस्कार जित्न सफल भएको धारणा राख्दै संगठनलाई आजको स्थानसम्म ल्याई पु¥याउन स्व. गोल्छाको महत्वपूर्ण भूमिका रहेको बताए ।
स्मृति दिवसको कार्यक्रममा संगठनका पूर्व अध्यक्ष शिवशंकर अग्रवाल, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष राजकुमार गोल्छा, कोषाध्यक्ष सुवोध कोइराला, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, पारस लुनिया, सिद्धार्थ काबरा, सृजन प्याकुरेल, जयेन्द्र शर्मा, सन्तोष भगत, स्व. गोल्छाका छोरा पारस गोल्छालगायतको सहभागिता रहेको थियो ।

























