
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (बुधबार) प्रतितोला ९ सय रूपैयाँले बढेको छ ।
मंगलबार १ हजार १ सय रुपैयाँले बढेको थियो । बुधबार ९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने घटेको छ । प्रतितोला ५ रूपैयाँले घटेको हो । मंगलबार प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

























