रैथाने बाली प्रवर्द्धनका लागि प्रदर्शनी

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ५, बुधबार १६:०७

धनकुटा । धनकुटा नगरपालिकाले आज एक दिने स्थानीय कृषि प्रदर्शनी आयोजना गरेको छ ।

नगरपालिकाले स्थानीय रैथाने कृषि उपजको उत्पादन र प्रवद्र्धन गर्ने उद्देश्यका साथ एक दिने कृषि प्रदर्शनी आयोजना गरेको जनाएको हो ।

कृषि उपज उत्पादन र बजारीकरणमा सहयोग पुर्याउन प्रदर्शनीको आयोजना गरिएको नगरपालिकाले बताएको छ ।

प्रदर्शनीमा एभोकाडो फल, त्यसका सह–उत्पादनको बिक्री र खेती प्रविधि, दुग्ध उत्पादन, तरकारी, कोदो, मकै, जुनेलो, फापर, कागुनो जस्ता लोप हुन लागेका रैथाने बालीका एक दर्जन बढी स्टल राखिएका छन् ।

प्रदर्शनीमा उपज उत्पादक, लगानीकर्ता, व्यवसायी, कृषि विज्ञहरुबीच अन्तरक्रिया र उद्यमशिलता प्रवद्र्धनसम्बन्धी परामर्श कार्यक्रम सञ्चालन गरिएको छ ।

६ वर्षअघि एभोकाडोको राजधानी घोषणा गरिएको धनकुटाले विगत वर्षमा एभोकाडो महोत्सव गर्दै आए पनि यस वर्ष प्रदर्शनीमा स्थानीय रैथाने बाली र उत्पादन समेत समावेश भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.