
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । केही दिनयता सुनको मूल्यमा वृद्धि भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो । भाउ बढेसँगै आज सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलाको १ लाख ६३ हजार रूपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य बढे पनि चाँदीको मूल्य यथावत रहेको छ । मूल्य स्थिर हुँदा आज १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

























