
काठमाडौं । सुनको मूल्य तोलामै एकैपटक १५ हजार ९ सय रूपैयाँले घटेको छ । पछिल्लो समय मूल्यमा एकैपटक यति धेरै गिरावट आएको हो ।
सरकारले भन्सार दर घटाएपछि सुनको मूल्य ह्वात्तै घटेको हो । सुनको मूल्य आज (सोमबार) प्रतितोला १ लाख ५१ हजार ३ सय रूपैयाँ कायम भएको छ । आइतबार १ लाख ६७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सरकारले सुनको भन्सार दर १० प्रतिशत कायम गरेपछि मूल्य घटेको हो । सरकारले सुनको भन्सार दर २० बाट १० प्रतिशतमा झारेको छ । त्यसको प्रभाव सुनको मूल्यमा परेको हो ।
सरकारले भन्सार दर २० प्रतिशत पुर्याएपछि नेपालमा सुन महँगो भएको थियो । भारतमा सस्तो हुन पुग्यो । जसका कारण सुनको तस्करी मौलाएको थियो ।

























