सन्तोषनारायण धितोपत्र बोर्डको अध्यक्ष

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १०, सोमबार २०:१२

काठमाडौं । सन्तोषनारायण श्रेष्ठ धितोपत्र बोर्डको अध्यक्ष भएका छन् । एमबीएसम्मको अध्ययन गरेका उनलाई मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले अध्यक्ष नियुक्त गरेको हो ।

धितोपत्र बोर्डको अध्यक्षका लागि सिफारिस गर्न समिति गठन गरिएको थियो । समितिले श्रेष्ठसहित धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीलाई आइतबार सिफारिस गर्यो ।

धितोपत्र बोर्ड २०८० साल पुस २० देखि नेतृत्वविहीन थियो । बोर्डको अध्यक्ष बनेका व्यावसायिक पृष्ठभूमिका श्रेष्ठ तत्कालीन नेपाल एक्सप्रेस फाइनान्समा र स्वाभिमान लघुवित्तको अध्यक्षसमेत थिए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.