सुनको मूल्यमा निरन्तर गिरावट

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ११, मंगलबार ११:४१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । सुनको मूल्य आज (मंगलबार) पनि घटेको छ ।

आज प्रतितोला २ हजार ६ सय रूपैयाँले घटेको हो । मूल्य तोलको १ लाख ४८ हजार ७ सय रूपैयाँ कायम भएको छ । सोमबार एकै दिन १५ हजार ९ सय रूपैयाँले घटेको थियो ।

चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्यमा आज प्रतितोला २५ रूपैयाँले घटेको हो । चाँदी प्रतितोला १ हजार ८ सय २० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भएको थियो । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनचाँदीको भाउ निरन्तर घटिरहेको छ ।

सुको भन्सार दर २० बाट १० प्रतिशत कायम गरिएको छ। यसअघि सुन आयातमा सरकारले २० प्रतिशत कर लगाउँदै आएको थियो । चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.