इन्धनको मूल्य बढ्यो

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १५, शनिबार २०:५३
कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा पनि उछाल

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यवृद्धि गरेको छ । पेट्रोल तथा हवाई इन्धनको मूल्य आज (शनिबार) राति १२ बजेपछि लागू हुनेगरी वृद्धि भएको हो ।

पेट्रोलमा १ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि गरेको हो ।

वृद्धि भएसँगै पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ पुगेको छ । ठाउँ अनुसार मूल्य अलगअलग हुन्छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा मूल्य १५७ रुपैयाँ ५० पैसा प्रतिलिटर पुगेको छ ।

हवाई इन्धनको (आन्तरिक)मूल्य प्रतिलिटर १२८ रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय हवाई इन्धन (अन्तर्राष्ट्रिय) काठमाडौंमा ९७५, पोखरामा ८१८ र भैरहवामा ८०२ अमेरिकी डलर पर्नेछ ।

निगमका अनुासर ईण्डियन आयल कर्पोरेशनबाट इन्धनको मूल्य बढेर आएपछि नेपालमा पनि समायोजन गरिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.