नेप्से दोहोरो अंकले बढ्यो, साढे १० अर्बको कारोबार

Share this
826shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १७, सोमबार १६:५०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । परिसूचक १९ दशमलव ९७ अंकले बढेर २ हजार ७ सय ५८ दशमलव ०४ को विन्दुमा कायम भएको हो ।

आज (सोमबा) ३ सय १४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३ सय ६१ कित्ता शेयर १ लाख ३ हजार ४ सय ८१ पटक खरिदबिक्री हुँदा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार ५ सय ६४ बराबरको कारोबार भएको छ ।

बैंकिङ शून्य दशमलव ५९, विकास बैंक १ दशमलव ७२, वित्त १ दशमलव ९७ र अन्य समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार समूह ९ दशमलव ७० र होटल तथा पर्यटन समूह ४ दशमलव ९९ प्रतिशतले बढेको छ ।

त्यस्तै, जलविद्युत् शून्य दशमलव ६२, लगानी शून्य दशलमव ६०, जीवन बीमा १ दशमलव ९१, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ४१ र निर्जीवन बीमा शून्य दशमलव २० प्रतिशतले बढेको छ ।

तारागाउँ होटल रिजेन्सी लिमिटेड, विशालबजार कम्पनी लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा ८ दशमलव ७२ प्रतिशतको गिरावट देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.