
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्यमा आज (आइतबार) प्रतितोला ४ सय रूपैयाँले गिरावट आएको हो ।
मूल्य घटेपछि सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले घटेको हो ।
मूल्य घटेपछि चाँदी प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

























