सामान्य अंकले बढ्यो सेयर बजार, करोबार ५ अर्ब

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस ११, बिहीबार १५:५८

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.१९ अंकले बढेको छ ।

परिसूचक बढेर २६३०.७१ बिन्दुमा पुगेको छ ।

मंगलबार ५ अर्ब २० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो । आज २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार ४५४ रुपैयाँमा खरिदबिक्री भएको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको थियो ।

पाँचवटा कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो ।  कर्पोरेट डेभलपमेन्ट ब‌ैंक,नारायणी डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,जोशी हइड्रोपावर डेभलपमेन्टको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएकाे थियाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.