
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियाे । आज आइतबार ५०० रुपैयाँ घटेको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार २०० रुपैयाँ काराेबार भइरहेकाे छ ।
चाँदीको मूल्य प्रति ताेला १ हजार ७९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८१५ रुपैयाँ थियो ।

























