कोशीका मुख्यमन्त्रीको नाममा ३५ लाखको हवाइ टिकट, कसको भागमा कति ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुष १४, आइतबार २१:०७

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौँ आउजाउ गर्दा पछिल्लो तीन वर्षमा प्रदेशको ढुकुटीबाट करिब ३५ लाख रुपैयाँ प्लेन टिकटमै खर्च भएको छ ।

कार्यालयको काम र व्यक्तीगत कामका लागि काठमाडौं आउजाउ गर्दा तीन वर्षमा ३४ लाख ९० हजार ९११ रुपैयाँको प्लेन टिकटमा खर्च भएको हो ।

Advertisement

कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/०८१ सम्म ६ जना मुख्यमन्त्रीले सो रकम खर्च गरेका हुन् ।

प्लेन टिकटमा धेरै खर्च गर्नेमा हिक्मतकुमार कार्की अगाडि छन् । पछिल्लो दुई वर्षमा तेस्रो पटक मुख्यमन्त्री बनेका कार्की र उनको सचिवालयका लागि प्लेन टिकटमा मात्रै १० लाख ९३ हजार ३३५ रुपैयाँ राज्यकोषबाट खर्च भएको छ ।

कार्की दोस्रो प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि २०७९ पुस २५ गते नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका थिए । त्यसपछि २०८० भदौ २२ गतेदेखि असोज २७ गतेसम्म संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको रुपमा मुख्यमन्त्री बनेका थिए । गत २०८१ बैशाख २७ गतेयता तेस्रो कार्यकालमा छन् ।

हिक्मतपछि धेरै खर्च गर्नेमा पूर्व मुख्यमन्त्री केदार कार्की छन् । ६ महिना मात्रै प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीले १० लाख ४८ हजार २६० रुपैयाँ हवाई टिकटमा खर्च गरेका छन् । केदार कार्की २०८० असोज २८ गतेदेखि २०८१ बैशाख २७ गतेसम्म कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार केदार कार्की र हिक्मतकुमार कार्कीले मात्रै गत असारसम्म प्लेन टिकटका लागि २१ लाख ४१ हजार रुपैयाँ खर्च गरेका छन् ।

आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/०८१ मा प्रदेशमा शेरधन राई, भीम आचार्य, राजेन्द्र राई, हिक्मतकुमार कार्की, उद्धव थापा र केदार कार्की मुख्यमन्त्री थिए ।

२०८० साउन १७ गतेदेखि एक महिना मुख्यमन्त्री बनेका उद्धव थापाले पनि प्लेन टिकटमा ८८ हजार ३० रुपैयाँ खर्च गरेका छन् ।

तत्कालिन मुख्यमन्त्री शेरधन राईले दुई महिनामा प्लेन टिकटमा मात्रै १ लाख ९५ हजार रुपैयाँ खर्च गरेका थिए । २०७४ फागुन २ गते मुख्यमन्त्री नियुक्त भएका राई २०७८ भदौ १० गतेसम्म मात्रै मुख्यमन्त्री भए । आर्थिक वर्ष ०७८–७९ को दुई महिनामा मात्रै उनी र उनको सचिवालयले प्लेन टिकटका लागि राज्यकोषको १ लाख ९५ हजार रुपैयाँ खर्च गरेको थियो ।

उनीपछि मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यले १ लाख ४५ हजार प्लेन टिकटका लागि मात्रै खर्च गरे । भीम आचार्य २०७८ भदौ १० गतेदेखि २०७८ कै कात्तिक १६ गतेसम्म मुख्यमन्त्री बनेका थिए ।

भीम आचार्यपछि मुख्यमन्त्री बनेका राजेन्द्र राई र उनको सचिवालयले प्लेन टिकटका लागि मात्रै राज्यकोषबाट ९ लाख १९ हजार ७५६ रुपैयाँ खर्च गरे । राई २०७८ कात्तिक १६ गतेदेखि २०७९ पुस २५ गतेसम्म मुख्यमन्त्रीको जिम्मेवारीमा थिए ।

पछिल्लो तीन वर्षको अवधिमा मुख्यमन्त्रीसहित मुख्यमन्त्रीको सचिवालयले काठमाडौं आउजाउ गर्दा भत्ता र प्लेन टिकटका लागि मात्रै जम्मा ५५ लाख ७९ हजार ५७५ रुपैयाँ खर्च गरेको मुख्यमन्त्री कार्यालयको खर्च विवरणमा उल्लेख छ । कार्यालयका अनुसार मुख्यमन्त्री र सचिवालयको भत्तामा मात्रै २० लाख ८८ हजार ६६४ रुपैयाँ खर्च भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने काठमाडौं आउजाउ गर्दा भ्रमण भत्ता नलिने उनको सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
पार्टी पुनर्गठन होइन, पुनर्जागरण : ओली
जेनजीका माग सम्बोधन गर्न ‘समर्पित संयन्त्र’ मार्फत काम अघि बढाइने
इरान आर्थिक, सामाजिक र राजनीतिक रूपमा धराशायी हुँदैछ : ट्रम्प
सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
जिल्ला अदालतका आदेश अब सोही दिन विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने
किसानलाई दूधको बाँकी भुक्तानी तत्काल तिर्न सर्वोच्चको परमादेश
बलात्कारका घटना रोक्न कडा कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्न सांसदहरूको माग
१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी
प्रतिनिधिसभाबाट चार विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित
नेपाल ‘ए’ को पहिलो जित, होबार्ट हुरिकेन्स ३९ रनले पराजित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×