त्रिविको शैक्षिक क्यालेन्डर भन्दा तीन सातापछि स्ववियु निर्वाचन

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ८, मंगलबार ०६:२१

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन शैक्षिक क्यालेन्डरमा तोकिएको भन्दा करिब तीन सातापछि हुने भएको छ ।

स्वावियु निर्वाचन आगामी चैत ५ गते गरिने भएको हो । त्रिविका शिक्षाध्यक्ष डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले स्ववियु निर्वाचनको मिति तोकेको हो ।

त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गतेलाई तोकिएको थियो। परिषद्का सदस्य सचिव पशुपति अधिकारीका अनुसार कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमै स्ववियु निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको हो ।

चैत ५ गते स्ववियु निर्वाचन गर्नुपर्ने निर्णय गरेर त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरिएको छ। स्ववियु कार्यसमितिको २ बर्से कार्यकाल चैत ५ गते पूरा हुँदैछ।

यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो। प्रत्येक २–२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रूपमा हुन सकेको थिएन। २०६५ चैत ६ गते भएको त्यसपछि एकैपटक २०७३ चैत १५ गते भएको थियो।

स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ। निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको त्रिविले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.