दलहरूलाई निर्वाचन आयोगको पत्राचार

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार १७:३७

काठमाडौं । निर्वाचनको तयारी र सम्भावित कार्यतालिकाबारे राजनीतिक दलहरूसँग छलफल गर्न निर्वाचन आयोगले औपचारिक प्रक्रिया अघि बढाएको छ । आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई मंसिर ४ गते छलफलमा सहभागी हुन पत्र पठाएको हो ।

आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले दलहरूलाई पत्राचार गरिएको पुष्टि गरेका छन् । सरकारले आगामी फागुनमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहेका बेला आयोगले दलहरूसँग छलफल गर्न लागेको हो ।

स्थानीय तह र प्रदेश तहको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै मितिमा सम्पन्न गर्ने भन्ने विषयमा समेत राजनीतिक वृत्तमा बहस चलिरहेको छ । आयोगले दलहरूसँग गर्ने छलफलमा निर्वाचनको तयारी तथा यस्ता विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि आयोगले स्थानीय तह र प्रदेश तहको निर्वाचनबारे छलफल गर्न दलहरूलाई बोलाएको जानकारी दिएका छन् । छठ पूजाका लागि आइतबार सर्लाही पुगेका थापाले सञ्चारकर्मीसँग कुरा गर्दै मंसिर ४ गते आयोगले छलफलका लागि बोलाएको बताएका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.