महेन्द्र मोरङमा आधा पनि खसेन मत

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ५, मंगलबार १९:४७

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्ववियु निर्वाचनमा २ हजार ६३१ मत मात्रै खसेको छ ।

महेन्द्र मोरङमा ५ हजार ९८४ जना मतदाता छन् । ती मध्ये जम्मा २ हजार ६३१ जनाले मतदान गरेका हुन् । यो मतदाता संख्याको ४३.९३ प्रतिशत हो । मतदानमा ३ हजार ६२३ जना विद्यार्थी सहभागी भएनन् ।

निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका थिए । सर्वदलीय बैठकपछि आज रातिबाट मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.