च्याम्पियन्स लिग : रियाल मड्रिडमाथि आर्सनलको सानदार जित

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २७, बुधबार ०६:२०

काठमाडौं । च्याम्पियन्स लिग सेमीफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब रियाल मड्रिडमाथि सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा आर्सनलले रियाल मड्रिडलाई ३–० ले पराजित गरेको हो ।

पहिलो लेग आफनो पक्षमा पार्न आर्सनलका लागि डेक्लन राइसले दुई गोल गरे । मिकेल मरिनोले एक गोल गरे । उनले ५८ र ७० औं मिनेटमा गोल गरे । मेरिनोले ७५ औं मिनेटमा गोल गरेका थिए ।

आर्सनलले अर्कोसाता दोसो लेग रियल मड्रिडको घरेलु मैदानमा खेल्नेछ ।

अर्को खेलमा इटालीको शीर्ष क्लब इन्टरले जर्मनीको बायर्न म्युनिखलाई २-१ ले हराउँदै नकआउट चरणमा अग्रता कायम गरेको छ । इन्टरलाई जित दिलाउन लुटारो मार्टिनेज र डेभिड फ्रेटेसीले गोल गरे । बायर्नका थोमस मुलरले एक गोल फर्काए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.