फ्रेन्च महिला लिग साम्बाको ह्याट्रिक

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख २५, बिहीबार ०६:१८

काठमाडौं । नेपाली खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले शानदार ह्याट्रिक गर्दा फ्रेन्च क्लब एन अभेन्ट गुइगाम्पले फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) मा पुनरागमन जित हासिल गरेको छ ।

बुधबार भएको खेलमा गुइगाम्पले सेन्ट एटिनमाथि ३–२ गोलअन्तरको जित निकालेको हो । १–० र २–१ ले पछि परेको अवस्था उल्टाउँदै गुइगाम्पले पुनरागमन जितका लागि साम्बाले ह्याट्रिक गरिन् ।

Advertisement

खेलको ५४औं मिनेटमा पेरी लुइसले गोल गर्दै एटिनलाई अग्रता दिलाउँदा त्यसको ३ मिनेटमा साम्बाले गोल गर्दै खेल बराबरीमा ल्याइन् ।

६१औं मिनेटमा अडेले कोनेसनले गोल गरेपछि एटिनले फेरि खेलमा अग्रता लिएको थियो। त्यसपछि ८५औं मिनेटमा साम्बाले फेरि गोल गर्दै गुइगाम्पालाई खेलमा फर्काइन् । इन्जुरी सयको पाँचौं मिनेटमा गोल गर्दै साम्बाले ह्याट्रिक पूरा गरिन् र टोलीलाई पनि जित दिलाइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.