
काठमाडौं । फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको छ । अब उपाधिका लागि इटालीको इन्टर मिलानसँग खेल्नेछ ।
सेमिफाइनल दोस्राे लेगमा पीएसजीले आर्सनललाई हराउँदै फाइनलमा स्थान बनाएको हो । इन्टरले स्पेनी हस्ती बार्सिलोनालाई हराएको थियो ।
बुधबार राती भएको खेलमा पीएसजी २– १ ले विजयी हुँदा समग्रमा ३–१ को जित हासिल गर्दै फाइनल पुगेको हो । पीएसजीलाई जिताउन अचरफ ककिमी र फेबियान रुइजले गोल गरे। आर्सनकातर्फबाट बुकायो साकाले गोल फर्काएका थिए ।



















