पाकिस्तान र भारतकाे तनावका कारण आइपीएल स्थगित

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख २६, शुक्रबार १३:१३

काठमाडौं । भारत र पाकिस्तानबीच अघाेषित युद्धका कारण इन्डियन प्रिमियर लिग (आइपीएल) स्थगित भएकाे छ ।

हिजो आइपीएलको खेल चल्दाचल्दै फ्लड लाइट बन्द गरिएको थियो । त्यसपछि प्राविधिक कारणले खेल स्थगन गरिएको सूचना निकालियो । यद्यपि, मुख्य कारण सुरक्षाको थियो ।

Advertisement

आज आइपीएलमा लखनउ र बैंगलोरबीचको खेल लखनउमा हुने सेड्यूल थियो । तर, बीसीसीआइले अर्को निर्णय नभएसम्मका लागि प्रतियोगिता स्थगन गरेको जनाएकाे छ ।

आइपीएलमा अहिलेसम्म ५८ खेल भइसकेका छन् । अब समूह चरणमा १२ खेल मात्रै खेलाउन बाँकी छ ।

यता, पाकिस्तानमा भइरहेको पीएसएल पनि स्थगन गरिएको छ । पीएसएलका बाँकी खेलहरु यूएईमा हुनेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.