टी– २० क्रिकेटमा यूएईको सनसनी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ ८, बिहीबार ०६:३५

विराटनगर । संयुक्त अरब इमिरेट्सले बङ्गलादेशविरुद्धको शृङ्खला जितेर सनसनी मच्चाएको छ । बंगलादेश बलियो क्रिकेट टोली हो । तर घरेलु भूमिमा भएको टी– २० शृङ्खलामा बङ्गलादेशलाई २– १ ले हराउँदै यूएईले सनसनी मच्चाएको हो ।

बुधबार राति भएको तेस्रो तथा अन्तिम खेलमा यूएई ७ विकेटले विजयी भयो ।

Advertisement

१६३ रनको लक्ष्य पछ्याएको यूएईले पाँच बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १६६ रन बनाएको हो । विजयी टोलीका अलिसान सर्फुले अविजित रहँदै ४७ बलमा ६८ रन जोडे। उनी प्लेयर अफ द म्याच समेत घोषित भए। यसैगरी असिफ खानले अविजित रहँदै २६ बलमा ४१ रन प्रहार गरे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले ९ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । बङ्गलादेशका जाकर अलीले सर्वाधिक ४१ रन प्रहार गरे। युएईका होल्डर अलीले चार ओभरमा सात रन खर्चेर तीन विकेट लिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.