
विराटनगर । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा पंजाब किंग्सलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।
पंजाबले पहिले ब्याटिङ गर्दै जम्मा १०१ रन मात्र बनायो । पंजाबका तर्फबाट मार्कस स्टोइनिसले सबैभन्दा बढी २६ रन बनाए ।
बैंगलोरले २ विकेट गुमाएर १० ओभरमै १०६ रन बनाउँदै फाइनलमा स्थान बनायो ।
फिल साल्टले अर्धशतकिय पारी खेल्दै अविजित ५५ रन बनाए । विराट कोहलीले केवल १२ रन मात्रै बनाउन सके।
यसअघि, बैंगलोरका लागि स्पिन बलर सुयश शर्मा र तीव्र गतिका बलर जोश हेजलवुडले समान ३–३ विकेट लिएका थिए ।
अब पंजाबले क्वालिफायर–२ मा एलिमिनेटर जित्ने टिमसँग प्रतिस्पर्धा गर्नेछ। आईपीएलको फाइनल आगामी जुन ३ मा खेलिनेछ ।



















