
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल आज हुँदैछ । उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स भिड्दै छन् ।
दुवै टोली उपाधि जित्ने होडमा छन् । फाइनल खेल बेलुका पौने ८ बजेदेखि अहमदाबादस्थित विश्वकै ठुलो नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुनेछ ।
बेंगलुरुले पहिलो क्वालिफायरमा पञ्जाबलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराएर फाइनलमा फेरि बेंगलुरुसँगको भिडन्त पक्का गर्यो ।
बेंगलुरुले यसअघि सन् २००९, २०११ र २०१६ गरी तीनपटक आईपीएलको फाइनल खेलेपनि उपाधि जित्न सकेको छैन । पञ्जाबले सन् २०१४ को फाइनल खेल्दा उपाधि जित्न सकेन ।



















