एसईईकाे नतिजा आज प्रकाशन हुने

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १३, शुक्रबार १४:३३

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ । आज बसेकाे परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने निर्णय गरेकाे परीक्षा नियन्त्रक गणेश भट्टले बताए ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.