
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा दीपक अर्याल नियुक्त भएका छन् ।
उनले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको शपथग्रहण कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए ।
शिक्षामन्त्री पन्तको अध्यक्षतामा गठित सिफारिस समितिले उपकुलपतिमा दीपक अर्याल, खड्ग केसी र अर्यालको नाम सिफारिस गरेको थियो । ३ जनामध्येबाट प्रधानमन्त्री ओलीले डा. अर्याललाई उपकुलपति नियुक्त गरेका हुन् ।
अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पनि हुन् । उपकुलपति प्रा.डा केशरजंग बरालले चैत १५ गते राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त थियो ।

























