
विराटनगर । पेरिस सेन्ट जर्मेन (पीएसजी) फिफा क्लब विश्व कपको फाइनलमा प्रवेश गरेको छ । रियल मड्रिडलाई ४–० ले हराउँदै फ्रेन्च टोली पीएसजी उपाधि नजिक पुगेको हो ।
पीएसजीका फाबियन रुइसले २ गोल गर्दा, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान १–१ गोल गरे । खेलको सुरुवाती २४ मिनेटमै पिएसजीले ३ गोल गर्दै अग्रता लिएको थियो । पिएसजीले आइतबार चेल्सीसँग फाइनल खेल्नेछ ।
पीएसजी र रियलबीचको खेल न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको थियो। ७७ हजारभन्दा बढी दर्शकबीच खेल भएको थियो ।

























