
विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सर्वोकृष्ट ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ ।
महानगरमा शुक्रबार (आज) आयोजना गरेको कार्यक्रममा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयबाट ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो ।
४ जीपीए ल्याउने विद्यार्थीहरूमा बिकेभिएमका अभियान राजवंशी, गौरव झा, मौलिक ढकाल, नैतिककुमार पौद्दार, प्रिन्सा साह, श्रेहनराज साह, आदर्श माविका प्रिन्सकुमार गुप्ता, प्रियांश यादव, संयोग भट्टराई र श्रेया शर्मालाई सम्मान गरिएको थियो ।
त्यस्तै, एभरेस्टका कृति गोयल, प्रेम खतिवडा, पोखरियाकी रागिनी न्यौपाने, सगरमाथाका सुशोभित न्यौपाने, कान्तिपुरका आयुषा कार्की र जेम्स स्कुलकी श्रीजी पोखरेललाई सम्मान गरियो ।
त्यस्तै, उत्कृष्ट नतिजा ल्याउने बिकेभिएमका प्राचार्य रविन दाहाल, आदर्श माविका प्रधानाध्यापक सन्तोष पोखरेल, एभरेस्टका प्राचार्य टीकाराम पुरी, कान्तिपुरका प्राचार्य भेषराज नेपाल (भुवन) र जेम्सका पंकज खड्कालाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, शिक्षा समितिका सदस्य रमानाथ भट्टराई, सावित्री पराजुलीलगायतले सम्मान गरे ।
७ वटा विद्यालयका १६ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए । मोरङभरिमा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १८ जना रहेको छ ।
महानगरले विगत ३ वर्षदेखि एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गर्दै आएको छ ।

























