ग्रिनल्याण्ड कलेजमा अभिमुखीकरण

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ६, मंगलबार १७:२२

विराटनगर । विराटनगरको ग्रिनल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका ७५१ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ ।  मंगलबार विज्ञान तथा व्यवस्थापन संकायमा नयाँ भर्ना भएका विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको हो ।

कार्यक्रममा कलेजका प्राचार्य दिनेश दाहालले विद्यार्थीको नयाँ शैक्षिक यात्रा सुरु भएको बताए । विद्यार्थीले रोजेको विषय नै भविष्यको आधार बन्ने उनले बताए ।

ग्रिनल्याण्डमा दक्ष, अनुभवी शिक्षक भएकाले गुणस्तरीय र व्यवहारिक शिक्षा दिईने प्राचार्य दाहालको भनाई छ । ग्रिनल्याण्ड कलेजले शिक्षासँगै विद्यार्थीलाई सीप पनि सिकाउने बताए । २ वर्षे अध्ययन सक्दा विद्यार्थीले अध्ययनसँगै केही न केही सीप हाँसिल गर्ने उनको भनाइ छ ।

शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौलाले सिकाईलाई प्रविधिसँग जोड्नुपर्ने बताए । विद्यार्थीको रुची अनुसारको शिक्षाका लागि अभिभावक तयार हुनुपर्ने प्रमुख गड्तौलाले बताए ।

कलेजका सञ्चालक इश्वरीप्रसाद मिश्रले अध्यननलाई केन्द्रमा राखेर अघि बढ्न विद्यार्थीलाई आग्रह गरे । केमिस्ट्री विभागका प्रमुख पवन साहले शिक्षासँगै सीप आवश्यक रहेको बताए । कलेजले सीप र अनुसन्धानको काम सुरु गरेको बताए । कक्षा १२ की विद्यार्थी राधिका भट्टराईले परिश्रम गरे सफलता मिल्ने बताइन् ।

स्वागत तथा अभिमुखीकरणमा ग्रिनल्यान्ड कलेज अध्यक्ष रविन्द्र घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर लुइँटेल, कलेजका विभागीय प्रमुखहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीले संस्कृति झल्कने नृत्य प्रस्तुत गरि नयाँ विद्यार्थीको स्वागत गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.