पाकिस्तानका युवा क्रिकेटर इङ्ग्ल्याण्डमा पक्राउ

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २३, शुक्रबार १४:२३

एजेन्सी । पाकिस्तानका युवा क्रिकेटर हैदर अली इङ्ग्ल्याण्डमा पक्राउ परेका छन् । बलात्कारको आरोपमा उनी पक्राउ परेको घटनाले अहिले अन्तर्राष्ट्रिय खेल जगतमा ठूलो हलचल ल्याएको छ ।

पाकिस्तान ए टिम (पाकिस्तान शाहिन) का सदस्य २४ वर्षीय हैदरलाई गत ३ अगस्टमा क्यान्टरबरी मैदानमा मेलबर्न क्रिकेट क्लबविरुद्ध खेलिरहेका बेला नै ग्रेटर म्यानचेस्टर प्रहरीले मैदानबाटै पक्राउ गरेको थियो । टेलिकम एसिया स्पोर्ट्सको रिपोर्टअनुसार पक्राउ परेपछि उनलाई जमानतमा रिहा गरिएको भए पनि बेलायत छाड्न नपाउने गरी राहदानी जफत गरिएको छ ।

यस क्रममा पीडितका रूपमा देखिएकी युवती पाकिस्तानी मूलकी रहेको उल्लेख गरिएको छ । घटना सार्वजनिक भएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले हैदरलाई तत्काल निलम्बन गरेको छ ।

पीसीबीका प्रवक्ताले गिरफ्तारीको जानकारी प्राप्त भएको र अनुसन्धान पूरा नभएसम्म खेलकुद गतिविधिबाट उनलाई निलम्बन गरिएको बताए । साथै, बोर्डले बेलायतमा स्वतन्त्र रूपमा पनि अनुसन्धान गर्ने र हैदरलाई कानुनी सहयोग पुर्‍याउने घोषणा गरेको छ।

यो प्रकरणले हैदरको करियर मात्र नभएर पाकिस्तान क्रिकेटको छविमा समेत ठूलो धक्का पुर्याएको छ । विशेषतः यो खेलमैदानमै भएको गिरफ्तारीले अन्तर्राष्ट्रिय मिडियामा घटनाले बढी चासो पाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.