
काठमाडौं । नेपाली आधुनिक संगीतको क्षेत्रले एक नयाँ भावनात्मक प्रेम समेटिएको मौलिक सिर्जना सार्वजनिक गरिएको छ ।
समीप आचार्यको शब्द तथा संगीतमा तयार पारिएको गीत ‘भो यो माया’ सार्वजनिक गरिएको हो ।
गीतमा गायक नारायण सुवेदी ‘आभास’को सुमधुर स्वर सुन्न पाइन्छ ।
जसले गीतलाई भावनात्मक र मन छुने बनाएको छ । गीत ‘भो यो माया’ले नेपाली संगीतमा आधुनिकता र परम्पराको समायोजन गर्दै नयाँ स्वाद ल्याएको छ।
सर्जक समीप आचार्यको सिर्जनामा समेटिएको सरल तर गहिरो भावले गीतलाई गहन बनाएको छ। गायक नारायण सुवेदीको सुमधुर स्वर र मौलिक संगीत संयोजनले यो सिर्जनालाई आम श्रोतामाझ लोकप्रिय बनाउने विश्वास गरिएको छ ।
नेपाली मौलिक वाद्यबाधनलाईको उत्कृष्ट संयोजन गीतमा सुन्न सकिन्छ । कर्णबहादुर खड्काको छायांकन, सुन्दर क्षेत्रीको सम्पादन तथा मिना बुढाथोकी ‘सावित्री’को निर्देशनमा भिडियो तयार गरिएको हो ।
गीतसँगै सार्वजनिक भएको म्युजिक भिडियोमा कलाकार किरण तामाङ र ललिता थापाको अभिनय देख्न सकिन्छ । भिडियोमा उनीहरूले प्रेम र पीडाको कथा मार्मिक ढंगले प्रस्तुत गरेका छन् ।
सशक्त अभिनय, आकर्षक छायांकन र भावनासँग मेल खाने सम्पादनले भिडियोको स्तर उच्च बनाएको छ।



















