अग्रज गायिका मीरा राणालाई ‘सरु संगीत राष्ट्रिय पुरस्कार’

Share this
800shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १४, बुधबार ०९:३६

ललितपुर । यस वर्षको ‘सरु संगीत राष्ट्रिय पुरस्कार’ अग्रज गायिका मीरा राणालाई प्रदान गरिएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका-५ स्थित सरु संगीत घरले राणालाई २५ हजार ५ सय ५ रुपैयाँ नगदसहित सम्मान गरेको हो।

ललितपुरको टीकाथलीमा आयोजित विशेष समारोहमा अग्रज संगीतकार सीके रसाइली, गायक तथा संगीतकार कोमल निरौलालगायतले राणालाई दोसल्ला ओढाएर सम्मानपत्र र पुरस्कार प्रदान गरे। राणाले नेपाली आधुनिक गीत–संगीत क्षेत्रमा करिब छ दशकदेखि योगदान दिँदै आएकी छन्। उनले हालसम्म एक हजार ६ सयभन्दा बढी गीत गाइसकेकी छन्।

Advertisement

संगीतकार कोमल निरौलाको संयोजकत्वमा गायक तथा संगीतकार सूर्य थुलुङ, गायिका लोचन भट्टराई, लेखक डा. रत्नमणि नेपाल र सदस्य–सचिव डेनी निरौलासहितको छनोट समितिले राणाको नाम सर्वसम्मत रूपमा पुरस्कारका लागि छनोट गरेको थियो। स्वदेश तथा विदेशमा रहेर गीत–संगीत क्षेत्रमा योगदान गरेका ४० वर्ष उमेर पूरा भएका महिलालाई यो पुरस्कार प्रदान गर्ने गरिएको सदस्य सचिव डेनी निरौलाले जानकारी दिए। गत वर्षको पुरस्कार चर्चित लोकगायिका कविता आलेलाई प्रदान गरिएको थियो।

निरौला परिवारले पुरस्कार स्थापना गरेको हो। गायक तथा संगीतकार कोमल निरौलाकी पत्नी तथा गायक–संगीतकार डेनी निरौला, गायिका झुमा निरौला र भीषण निरौलाकी आमा स्वर्गीय सरस्वती निरौलाको स्मृतिमा २०८२ सालमा पुरस्कार स्थापना गरिएको हो। पुरस्कारका लागि पाँच लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरिएको छ।

सरस्वती निरौलाको स्मृतिमा उनका पति कोमल निरौला, इन्दिरा निरौला, छोरा डेनी निरौला, सविता नेपाल निरौला, भीषण निरौला, सिर्जना अधिकारी, छोरी झुमा निरौला र सविन भट्टराईको संयुक्त प्रयासमा पुरस्कार स्थापना गरिएको हो।

सरु संगीत घरको छैटौँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा क्यान्सरपीडित लोकगायिका कोपिला गौतमलाई पनि १५ हजार १ सय १५ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो। संगीतघरका प्रशिक्षार्थी ध्रुव थापालगायतलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।

 

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×