कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै

Share this
841shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार ०६:२९

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज (सोमबार) बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रमा पार्टीका शीर्ष नेताहरूले विभिन्न प्रतिवेदन प्रस्तुत गर्नेछन् भने सोमबारदेखि नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि अघि बढाइने भएको छ ।

काठमाडौंको खुलामञ्चमा बिहान १० बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकले बन्दसत्रमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल गर्नेछ । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बैठकमा बन्दसत्रमा पेस हुने प्रतिवेदनका विषयमा विमर्श हुनेछ । कार्यसमिति बैठक सकिएलगत्तै बन्दसत्रको औपचारिक प्रक्रिया सुरु हुनेछ ।

बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यस्तै, महामन्त्रीले विधान संशोधनसम्बन्धी र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । उपसभापतिसहितका पदाधिकारीका प्रतिवेदन पनि बन्दसत्रमा प्रस्तुत हुनेछन् ।

प्रतिवेदनमाथि छलफलका लागि देशभरबाट आएका करिब ७ हजार ५०० महाधिवेशन प्रतिनिधिलाई भूगोलका आधारमा हिमाल, पहाड र तराई–मधेश गरी तीन समूहमा विभाजन गरिनेछ । समूहगत छलफलबाट प्रतिवेदनमा उठेका विषयमाथि बहस हुनेछ । महाधिवेशनको उद्घाटन समारोह आइतबार खुलामञ्चमै सम्पन्न भएको थियो ।

बन्दसत्रसँगै कांग्रेसको नयाँ नेतृत्व चयन गर्ने निर्वाचन प्रक्रिया पनि सोमबारबाटै अघि बढ्नेछ । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार साँझ ५ बजे मतदाता नामावली सार्वजनिक गरिनेछ । नामावलीमाथि साँझ ६ः३० बजेसम्म दाबीविरोध गर्न सकिनेछ भने राति ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ ।

निर्वाचन समितिले सार्वजनिक गरेको तालिकाअनुसार असोज २० गते मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । मंगलबार अपराह्न ४ः३० बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । नामावलीमाथि ४ः३० देखि ५ः३० बजेसम्म दाबीविरोध गर्न सकिनेछ भने साँझ ७ बजे उम्मेदवारको दोस्रो नामावली सार्वजनिक गरिनेछ ।

असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारले सोही दिन दिनभर चुनावी प्रचारप्रसार गर्न पाउनेछन् ।

निर्वाचनको मुख्य कार्यक्रम असोज २२ गते हुनेछ । उक्त दिन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको सदस्यसचिव कटुवालले जानकारी दिए ।

मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनलाई केन्द्र तोकिएको छ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ । कांग्रेसका एक पदाधिकारीका अनुसार यसपटक नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने छैन ।

बन्दसत्रमा प्रस्तुत हुने राजनीतिक, विधान र आर्थिक प्रतिवेदनमाथिको छलफलसँगै निर्वाचन प्रक्रिया अघि बढ्ने भएपछि कांग्रेस महाधिवेशन सोमबारदेखि थप निर्णायक चरणमा प्रवेश गर्दैछ ।

तपाइको प्रतिक्रिया
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको नयाँ विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
विराटनगरमा मृत फेला पर्यो नीलगाई
कोशी–मधेश आर्थिक सहकार्यमा जोड
कोशी–मधेश आर्थिक सहकार्यमा जोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×