भारतले जित्यो एसिया कपको उपाधि

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ आश्विन १३, सोमबार ०६:३५

काठमाडौं । पाकिस्तानलाई पराजित गर्दै भारतले एसिया कपको उपाधि जितेको छ । यूएईमा भएको फाइनल भिडन्तमा भारतले पाँच विकेटले बिजयी भएको हो ।

टस जितेर सुरुमा फिल्डिङ गरेको भारतलाई पाकिस्तानले १४७ रनको लक्ष्य दिएको थियो । भारतले १९ ओभर चार बलमा पाँच विकेटको क्षतिमा १५० रन बनाउँदै उक्त लक्ष्य पूरा गरेको हो ।

Advertisement

आक्रामक सुरुवात गरेको पाकिस्तानको पछिल्लोक्रम सम्हालिएर खेल्न नसक्दा उपाधि गुमाएको हो । पाकिस्ताने १९ ओभर एक बलमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो ।

१४७ रनको लक्ष्य पछ्याएको भारतका लागि तिलक बर्माले अर्धशतकीय इनिङ खेले । ५३ बलको सामना गरेका उनले नटआउट ६९ रन बनाए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.