दीपेन्द्रसिंह ऐरीको सानदार बलिङमा नेपालको रोमाञ्चक जित

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ आश्विन २६, आइतबार २०:१३

विराटनगर । दीपेन्द्रसिंह ऐरीले सानदार बलिङ गर्दा नेपालले आईसीसी टी– २० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको खेलमा युएईमाथि रोमाञ्चक जित निकालेको छ ।

नेपालले १४१ रनको लक्ष्य दिएको थियो । यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाउन सक्यो ।

Advertisement

यूएईलाई अन्तिम ओभरमा १० रन चाहिएको थियो। तर, दीपेन्द्रसिंह ऐरीले ९ रन दिँदै एक विकेट लिए । बाँकी दुई ब्याटर रन आउट गराए । पहिलो बलमा युएईले १ रन जोड्यो । दोस्रो बलमा डट खेल्यो । तेस्रो बलमा युएईले छक्का प्रहार गर्याे । चौथौं र पाँचों बलमा दुई खेलाडी रनआउट भए । छैटौं बलमा युएईलाई ३ रन चाहिएको थियो । नेपालले कसिलो फिल्डिङ गर्दा १ रनमात्रै जाेड्याे ।

यूएईका अलिसान सराफुले सर्वाधिक ५८ रन बनाए। ४० बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरे। जोनाथन फिगी १९, धुर्व परासर ३२ र जाहिद अली ११ रनमा आउट भए।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए । सोमपाल कामी, गुलसनकुमार झा र सन्दीप लामिछानेको नाममा समान १ विकेट रह्यो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो।

नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए । टी–२० आईमा उनको यो नवौं अर्धशतक हो । अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा समान २ चौका र छक्कासहित २८ रन बनाए ।  यी दुईबीच पहिलो विकेटका लागि ५६ रनको साझेदारी भएको थियो ।

कप्तान रोहितकुमार पौडेल २०, गुलसनकुमार झा १४ र कुशल मल्ल १० रनमा आउट भएका थिए ।

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.