
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जेनजी आन्दोलनको नाममा शैक्षिक संस्थाहरूमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेको छ ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई १० बुँदे माग पत्र बुझाउँदै नेविसंघले २३–२४ भदौमा भएको जेनजी आन्दोलनको आवरणमा शैक्षिक संस्थाहरूमा भएको घटनामा संलग्नमाथि कारबाहीको माग गरेको हो ।
जेनजी आन्दोलनको आवरणमा भएका गतिविधिहरू शिक्षा क्षेत्र र लोकतान्त्रिक आन्दोलनको मूल मर्मविपरीत रहेको उल्लेख गर्दै दोषीहरूलाई निष्पक्ष रूपमा छानबिन गरी कानूनी कारबाही गर्न महानिरीक्षक खापुङसँग आग्रह गरेको प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।

























