गायिका रिमाल र गायक गुरुङको स्वरमा ‘मैले गाउने गीतहरुमा’ सार्वजनिक

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक २१, शुक्रबार १३:२९

झापा । एचकेआर इन्टरटेन्मेन्टले आज नयाँ साङ्गीतिक कोशेली “मैले गाउने गीतहरुमा” सार्वजनिक गरेको छ।

चर्चित गायिका रचना रिमाल र गायक नन्दु गुरुङको सुमधुर स्वर रहेको यस गीतमा मौसम परिवर्तन याकथुङ्बाको शब्द र दिपराजको सङ्गीत रहेको छ।

भिडियोमा नवीन सुवेदी र दीक्षा भुजेलको दमदार अभिनय रहेको छ भने यसको निर्देशन, छायांकन र सम्पादन हिकस राईले गरेका छन्।

भावनात्मक शब्द, मन छुने स्वर र आकर्षक भिडियोका कारण यो गीतले दर्शक र श्रोताको मन जित्ने विश्वास लिइएको छ। यो गीत एचकेआर इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×