कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक २३, आइतबार १७:४१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षाको नतिजा आइतबार प्रकाशित गरेको छ । बोर्डको बैठकले नतिजा सार्वजनिक गरेसँगै परीक्षामा सहभागी भएका विद्यार्थीहरूको लामो प्रतीक्षा समाप्त भएको छ ।

पूरक परीक्षामा कूल ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत असोज ७ र ८ गते सञ्चालन भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । सहभागीमध्ये ७६ हजार ३ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

Advertisement

४ जना विद्यार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ । गत साउन ११ गते प्रकाशित नियमित नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका थिए । नतिजा हेर्नका लागि विद्यार्थीहरूले नेपाल टेलिकमको १६०० मा एसएमएस गर्न सक्नेछन् ।

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
एमाले महाधिवेशन : ओली र पोखरेलको उम्मेदवारी दर्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.