वक्तृत्वकला प्रतियोगितामा स्मृति प्रथम

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २४, बुधबार १८:२६
वक्तृत्वकला प्रतियोगितामा स्मृति प्रथम

विराटनगर । विराटनगरको अरनिको कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा स्मृति आचार्य प्रथम भएकी छन् ।

बुधबार कलेजमा आयोजना गरेको ‘सपना र संघर्षको संगम : जेनजी युवाको पहिचान’ विषयमा आयोजित उत्कृष्ट विचार प्रस्तुत गरेर स्मृति प्रथम भएकी हुन् । समीक्षा पौडेल द्वितीय  र आँचल यादवले तृतीय भइन् ।

Advertisement

सन्ध्या यादव र रजतकुमार साहको बराबरी नम्बर भएपछि दुवै जनालाई चौथो पुरस्कार दिइएको थियो ।
विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले समसामयिक विषयमा केन्द्रित रहेर वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको कलेजका प्राचार्य राजेश कार्कीले बताए ।

अरनिको कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकतामा राखेको उनले बताए ।

कलेजका सञ्चालक भरतराज दाहाल, निर्णायक द्वय नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक र मीनकुमार नवोदित, शिक्षिका अम्बिका खरेल, योगेश राजभण्डारी, अतिरिक्त क्रियाकलापका संयोजक विमल भट्टराईले विजेता विद्यार्थीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा २७ जनाले प्रतिस्पर्धा गरेका थिए ।

तपाइको प्रतिक्रिया
कप्तानगन्जमा गोली लागेर ज्यान गुमाएका ओमप्रकाशको शव तीन दिनदेखि अस्पतालमै
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
चलचित्र ‘पञ्चमी’ को औपचारिक घोषणा
सुनसरी घटनाबारे मन्त्रिपरिषद्मा भएन छलफल, प्रश्नबाट पन्छिए सरकारका प्रवक्ता
सुनसरी घटना छानबिन समितिमा २ सदस्य थपिए
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सभामुख अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूसँग भेटवार्ता
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, कम्तीमा १३ जनाको मृत्यु
इराकमा अमेरिकी र साउदी सेनाको आक्रमण, २० जनाको मृत्यु
सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा प्रमुखहरूसँग छलफल, उच्च सतर्कता अपनाउन निर्देशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×