कोशी प्रदेशका शिक्षा अधिकृतहरूका लागि पाँच दिने अभिमुखीकरण

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष ५, शनिबार १२:५४

विराटनगर । कोशी प्रदेशका शिक्षा अधिकृतहरूका लागि आयोजित पाँच दिने अभिमुखीकरण कार्यक्रम शनिबार विराटनगरमा सम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीको आयोजनामा सो कार्यक्रम सञ्चालन भएको हो ।

पुष १ गतेदेखि ५ गतेसम्म चलेको यस अभिमुखीकरणमा शिक्षा क्षेत्रमा विद्यमान शैक्षिक, नीतिगत र कानुनी नियमहरू, निर्देशिका तथा मापदण्डका विषयमा गहन छलफल गरिएको थियो। विशेष गरी शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक नीतिगत सुधार, प्रविधिमैत्री शिक्षा, र विद्यालय शिक्षालाई सीपमूलक एवं रोजगारमूलक बनाउने विषयमा केन्द्रित रहेर सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो ।

Advertisement

कार्यक्रममा शिक्षकहरूको तालिम तथा कार्यसम्पादन मूल्याङ्कन लगायतका प्रशासनिक र प्राविधिक विषयहरूमा समेत विस्तृत छलफल भएको आयोजकले जनाएको छ । आर्थिक वर्ष २०८२र८३ को वार्षिक कार्यक्रम अनुसार देशभरका सबै प्रदेशमा अभिमुखीकरण गर्ने लक्ष्य अनुरूप कोशी प्रदेशमा यो कार्यक्रम समापन भएको हो। यसअघि अन्य ६ वटै प्रदेशमा यस्तो तालिम सम्पन्न भइसकेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जानकारी दिएको छ ।

अभिमुखीकरण कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक नीलकण्ठ ढकाल, शिक्षक सेवा आयोगका उपसचिव रामचन्द्र शर्मा र क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेल लगायतले सहभागी अधिकृतहरूलाई सहजीकरण गरेका थिए

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.