पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको निर्वाचन: सभापतिमा ४ जनाको उम्मेदवारी

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १२, शनिबार १२:२५

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । निर्वाचन समितिका अनुसार सभापति पदमा ४ जनाको उम्मेदवारी परेको छ । विभिन्न संकाय र क्याम्पसबाट ८ जना केन्द्रीय सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् ।

सभापति पदका लागि नवीन लामिछाने, डा. नीरज कुमार मिश्र, नरेश कुमार साह र भूपेन्द्र बाह्रकोटी चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै उपसभापतिमा शंकर प्रसाद दाहाल, दृष्टि वस्ती र जीवन थापाको उम्मेदवारी परेको निर्वाचन समिति सदस्य दीपक कुमार खतिवडाले जानकारी दिए ।

महासचिव पदका लागि दुर्गा प्रसाद वास्तोला र डा. प्रसन्न दाहालबीच प्रतिस्पर्धा हुनेछ भने सचिवमा पुकार चौधरी, रमण कुमार कर्ण र दीक्षा पौडेलले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा प्रमिला सिन्हा र अविनाश कुमार मण्डल तथा खुल्ला सदस्यमा रोहित शर्मा र भोला नाथ लुइँटेलको उम्मेदवारी परेको छ।

यसैबीच, महिला सदस्यमा अस्मिता श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । क्याम्पस तर्फबाट जगरनाथ साह (इन्जिनियरिङ), मदन बहादुर थापा (कृषि तथा वन विज्ञान), राकेश ठाकुर (विज्ञान तथा प्रविधि), सुशील रेग्मी (मेडिकल), राकेश कुमार अधिकारी (शिक्षण अस्पताल), प्रदीप केसी (व्यवस्थापन) र मनोज कुमार मेहता (जनता आदर्श) निर्विरोध निर्वाचित भएका छन् । बाँकी पदहरूका लागि आगामी पुस १७ गते मतदान हुने निर्वाचन समितिले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.